+
+

रुपन्देही-२ (ख) प्रत्यक्षमा कांग्रेसबाट ८ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १८:५४

१५ भदौ, बुटवल । नेपाली कांग्रेसले रुपन्देही प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं. २ (ख) मा ९ जनाको नाम सिफारिस गरेको छ ।

आर्किटेक्ट इन्जिनियर रञ्जन काफ्ले, व्यवसायी महेशमान सिंह, रामबहादुर कार्की, मुक्ति अधिकारी, मुक्तिराज पौडेल, रामेश्वर श्रेष्ठ, गोकर्ण बन्जाडे, कृष्ण बेलबासे र गोबिन्द लम्साल सिफारिस भएका क्षेत्रीय सचिव शिव आचार्यले बताए ।

यस्तै समानुपातितर्फ १७ जना सिफारिस भएका छन् । जसमा जीवन ओझा, बालकुमारी भण्डारी, जमुना ढकाल, शान्ति शर्मा, जमुना पौडेल, लक्ष्मी श्रेष्ठ, माया गौतम, परशुराम ढकाल, नमकान्त चापागाई सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?