+
+

मधेसमा कांग्रेस र जसपाको ५०-५० प्रतिशत सिटमा दाबी

सुरेश बिडारी सुरेश बिडारी
२०७९ भदौ १५ गते १९:५४
रमेश रिजाल र रामबाबु कुमार यादव ।

१५ भदौ, वीरगञ्ज । मधेस प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले ५०-५० प्रतिशत सिटमा दावी गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य दुवैतिर ५० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसका नेताहरुको माग छ । बाँकी अरु दलले भागबण्डा गरेर लिनुपर्ने तर्क उनीहरुले गरेका छन् ।

मधेस प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष निर्वाचनबाट ३२ जना प्रतिनिधि सभा सदस्य चुनिएर आउँछन् । हरेक निर्वाचन क्षेत्रमा २ वटा गरी ६४ वटा प्रदेश सभा सिट छ ।

मधेस आन्दोलनको रापतापमा उदाएको जनता समाजवादी पार्टी फुटेको, नेता कार्यकर्ता एमाले, माओवादीतिर गईरहेकोले कमजोर भएको कांग्रेसको भनाइ छ । स्थानीय चुनावमा सबै दलको हैसियत देखिसकेको बताउँदै कांग्रेस नेताहरुले अन्य दलहरुले बढी सिट दावी गर्नुको औचित्य नभएको समेत बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गठबन्धन नभए पनि मधेशमा कांग्रेसले एक्लै १६ भन्दा बढी सिट जित्ने दावी गरे । ‘कम्तीमा १६ प्रतिनिधि सभा र ३२ प्रदेश सभा सदस्य हामीले पाउनुपर्छ भनेका छौं,’ उनले भने ‘मधेस प्रदेशमा कांग्रेसको स्थिति बलियो छ । तर नेतृत्वले के निर्णय गर्छ, त्यसलाई मानेरै अघि बढ्छौं ।’

गठबन्धनमा गएपछि दुई चार सिट तलमाथि भएमा स्वीकार्ने भनाइ छ । पर्सामा कांग्रेसको स्थिति बलियो देखिएकोले ४ वटै निर्वाचन क्षेत्र लिन नेतृत्वको ध्यानाकर्षण गरिएको उनले बताए ।

जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष एवं सांसद रामबाबु कुमार यादवले प्रदेश सभातर्फ ३६ सिट र प्रतिनिधि सभातर्फ १८ सिट पाउनुपर्ने दावी गरे ।

‘जितेको क्षेत्रमा आ–आफ्नो दावी आउनु स्वभाविक हो । लोसपा र एमालेको सिट खाली हुन्छ त्यसलाई एक आपसमा बाँड्ने हो । प्रदेश सभामा हाम्रो बलियो उपस्थिति छ । मंसिर ४ गते हुने निर्वाचनका लागि ३६ सिट जसपालाई चाहिन्छ,’ उनले भने ‘०७४ सालको निर्वाचनबाट प्रतिनिधि सभामा ११ जना निर्वाचित भएका थियौं, अब १८ सिट पाउनुपर्छ भनेका छौं ।’

तर पनि पार्टी नेतृत्वले गर्ने सहमति पालना गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?