+
+

आर्सनलको लगातार पाँचौ जित, हालान्डको अर्को ह्याट्रिक, लिभरपुलको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते ७:५६
ह्याट्रिकपछि सेलिब्रेसन गर्दै हालान्ड ।

१६ भदौ, काठमाडौं । प्रिमयर लिगमा बुधबार राति भएको खेलहरुमा तीन ठूला टिम म्यानचेष्टर सिटी, आर्सनल र लिभरपुलले जित निकालेका छन् । तीनवटै टिमको जित फरक किसिमको रह्यो ।

यस सिजन उच्च लयमा रहेको आर्सनलले लगातार पाँचौ खेल जित्ने क्रममा एस्टन भिल्लालाई २-१ ले हरायो । शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिमको रुपमा रहेको आर्सनल ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ ।

आर्सनलका लागि गाब्रीएल जेससले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । डुगलास लुइजले ७४औं मिनेटमा भिलल्का लागि बराबरी गोल फर्काए । तर ७७औं मिनेटमा गाब्रीएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई जित दिलाए ।

मिकेल हर्टेलको टिमले यस सिजन गज्जबकै प्रदर्शन गरिरहेको छ । आर्सनलले सन् २००४-०५ सिजनपछि पहिलो पटक लिगको सुरुवाती पाँच खेल जितेको हो । समरमा सिटीबाट आर्सनल पुगेका जेससले लिगमा तीन गोल गरिसकेका छन् । उनी लिगको सुरुवाती पाँच खेलमा ६ गोलका लागि संलग्न भएका छन् । यसअघि मेसुट ओजिल यो अवधिमा ५ गोलमा संलग्न भएका थिए ।

हालान्डको ह्याट्रिक, सिटीको ६ गोल

बोरुसिया डर्टमण्डबाट यसै समरमा च्याम्पियन सिटी पुगेका नर्वेजियन हालान्डले प्रिमियर लिगमा पनि आफूलाई अभ्यस्त गराइसके । यसको प्रमाण उनले लिगमा लगातार दोस्रो खेलमा ह्याट्रिक गरेर प्रमाणित गरिसकेका छन् ।

हालान्डले पहिलो हाफमै ह्याट्रिक गर्दा सिटीले न्युकासललाई ६-० ले पराजित गर्‍यो । उनले अघिल्लो खेलमा सिटीलाई क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन जित दिलाउने क्रममा दोस्रो हाफमा ह्याट्रिक गरेका थिए ।

न्युकासलविरुद्ध भने हालान्डले ३८औं मिनेट भित्र ह्याट्रिक गरे । ३रेलु मैदान एतिहाड स्टेडियममा उनले १२औं, २३औं र ३८औं मिनेटमा गोल गरे ।

यस्तै यसै समरमा सिटीमा अनुबन्ध भएका जुलियन हल्भारेजले ६५औं र ८७औ मिनेटमा गोल गरे । उनले पहिलो रोजाइमै खेलेका थिए  ।अर्को गोल जाओ कान्सेलोले ५०औं मिनेटमा गरे ।

सिजनको चौथो जित निकालेको सिटी १३ अंकसहित दोस्रो स्थानमा छ । सिटीले यस सिजन १९ गोल गरिसकेको छ ।

हालान्डले यस सिजन दुई ह्याट्रिकसहित ९ गोल गरिसकेका छन् । यसअघि उनले सिजनको पहिलो लिग खेलमै वेष्टहम विरुद्ध दुई गोल गरेका थिए । यस्तै न्युकासलविरुद्ध एक गोल गरेका थिए ।

लिभरपुलको पुनरागमन जित

फाबियो कार्भाल्होले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुलले न्युकासल युनाइटेडमाथि २-१ को पुनरागमन जित निकालेको छ । यस सिजन लिभरपुलको यो दोस्रो जित हो । दुई जित, दुई बराबरी र एक हारबाट ८ अंक जोडेको लिभरपुल अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ ।

लिभरपुलको घरेलु मैदान न्युकासलका नयाँ अनुबन्ध भएका अलेजान्डर इस्याकले गोल गर्दै ३८औं मिनेटमा अग्रता दिलाएका थिए ।

पहिलो हाफमा पछि परेको लिभरपुलका लागि ६१औं मिनर्टमा रोवर्ट फिर्मिनोले बराबरी गोल फर्काए ।

कार्भाल्होले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गरेपछि लिभरपुलले ३ अंक जोडेको हो ।

यस्तै लिगको अर्को खेलमा टोटनहम र वेष्टहमले १-१ को बराबरी खेलेका छन् । टोटनहम पाँच खेलबाट ३ जित र २ बराबरीसहित ११ अंक जोडेर तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?