+
+
Shares

प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका ज्वाइँ पनि सिफारिस

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ १६ गते १७:२४
प्रचण्ड र जीवन ।

१६ भदौ, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ ।

बुधबार बसेको माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा जीवन आचार्यसँगै प्रेस सेन्टर प्रदेश १ अध्यक्ष प्रभात घिमिरे विनोद र माओवादी केन्द्र सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष दुश्यन्त भट्टराईको नाम सिफारिस गरेको हो ।

आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । २०७४ को चुनावमा उनी वाम गठबन्धनबाट उम्मेदवार भएका थिए ।

घिमिरे र भट्टराई माओवादी जनयुद्ध लडेका पूर्व लडाकु हुन् । तर प्रचण्डका कान्छी छोरी गंगाका श्रीमान आचार्यले नै टिकट पाउने नेताहरू बताउँछन् । प्रदेश सभामै उठ्ने गरेका उनले कार्यकर्ता भेटघाट गरिरहेका छन् । ‘उम्मेदवार सिफारिसमा जनयुद्ध लडेका कार्यकर्ता पनि सिफारिस भएका छन्,’ बुढीगंगा गाउँपालिकाका एक माओवादी एक नेताले भने, ‘टिकट पाउने प्रचण्डका ज्वाइँले नै हो ।’

थारु समुदायको बाहुल्य रहेको सो क्षेत्र २०७४ मा गठबन्धनको तर्फबाट एमालेको सत्यनारायण चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर प्रचण्डले जोडबलमा चौधरीलाई ब्याक गरेर आचार्यलाई गठबन्धनले उम्मेदवार बनाएको थियो । तर आचार्य कांग्रेसका चुमनारायण तबदारसँग पराजित भएका थिए ।

तबदारले पनि फेरि दोहोरिने तयारी गरेका छन् । एमालेले पनि यो क्षेत्रमा चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

क्षेत्र नम्बर ६ को ख मा भने कांग्रेसबाट केदार कार्की र एमालेबाट पर्शुराम बस्नेत टिकटको प्रमुख दाबेदार छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?