+
+

साफ यू-१७ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १९:१९

१६ भदौ, काठमाडौं । श्रीलंकामा भदौ २० गतेदेखि २९ गतेसम्म हुने साफ यू-१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टिमलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र एन्फा पदाधिकारीले टोलीलाई बिदाइ गरे ।

एन्फा अध्यक्ष पंकज नेम्वाङले यसअघि नेपाल तीन पटक उपविजेता भएको भन्दै पहिलो पटक उपाधि जित्ने विश्वास व्यक्त गरे । उनले उपाधि जित्न टिमलाई शुभकामना दिए । राखेप उपाध्यक्ष शिव कोइरालाले पनि पहिलो पटक नेपाल च्यामपियन बन्नका लागि शुभकामना दिए ।

प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले बी डिभिजन र सी डिभिजन खेलिसकेका खेलाडी भएकाले टिम सन्तुलित भएको बताए । उनले आफूहरुको लक्ष्य विजेता बन्ने रहेको भन्दै जित्नकै लागि खेल्ने बताए ।

६ टिम सहभागी च्याम्पियनसिपमा नेपाल समूह बी मा छ । यस समूहमा भारत र भुटान पनि छन् । समूह एमा बंगलादेश, श्रीलंका र माल्दिभ्स छन् । नेपालले भदौ २२ गते भुटानसँग पहिलो खेल खेल्नेछ भने भदौ २४ गते भारतसँग खेल्नेछ । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्

नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ । सन् २०११ का नेपालबाट साफ यू-१७ च्याम्पियनसिपको रुपमा सुरु यस प्रतियोगिता अहिलेसम्म ६ पटक भएका छन् । जसमा भारतले सर्वाधिक ३ पटक, बंगलादेशले २ र पाकिस्तानले १ पटक उपाधि जितेका छन् । नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपाल ३ पटक उपविजेता भएको थियो ।

नेपाली टिम

गोलकिपर : कृसल मोक्तान, समिर चन्द, रुविन बोगटी

डिफेन्डर : अश्विन घोरासैनी, सेमन्ता थापा, युनेस बुढाथोकी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, प्रितम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डर : प्रशान्त लक्सम, मिरक लिङ्देन, सरोज धामी, हरिसराज भट्ट, लछु थापा

फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?