+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवन १ बाट उम्मेदवार बन्न सुरेन्द्र पाण्डे र थपलियाले दर्ता गराए पार्टीमा आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते ८:२१

१८ भदौ, चितवन । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य जगन्नाथ थपलियाले चितवन क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका छन् ।

एमाले क्षेत्रीय समन्वय कमिटीको भेलामा नेता पाण्डे र थपलियाले आकांक्षा राखेर नाम दर्ता गराएको नेकपा एमाले चितवनले जनाएको छ ।

पाण्डे सो क्षेत्रबाट अहिले पनि सांसद रहेका छन् । वाम गठवन्धनकातर्फबाट २०७४ सालमा सांसद जितेका पाण्डे तेस्रो कार्यकालका लागि सांसद बन्ने इच्छा जाहेर गरेका हुन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा यहीँ क्षेत्रबाट संविधानसभा सदस्य जितेका थिए ।

नेकपा एमाले पूर्व जिल्ला अध्यक्ष थपलियाले पहिलोपटक संघीय सांसद हुने भन्दै आकांक्षा राखेर नाम दर्ता गराएको हुन् । उनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार भएर काम गरेका थिए ।

क्षेत्रीय समन्वय कमिटीले आवेदकको नाम जिल्लामार्फत प्रदेशमा पठाउने छ । समानुपातिक सदस्यका लागि भने भदौ २० गते पार्टीको जिल्ला कार्यालयमा आवेदन दिन सकिने जनाइएको छ ।

क्षेत्र नं. १ को प्रदेश क्षेत्र (क) मा एमालेबाट ७ जनाले प्रदश सांसद बन्न दावेदारी पेस गरेका छन् । यसरी दाबी पेस गरेर आवेदन दर्ता गराउनेमा राप्ती नगरपालिकाका निवर्तमान उप्रप्रमुख इमानसिंह लामा, सिंहबहादुर गोले, सुशीला पौडेल राजेन्द्रप्रसाद सिवाकोटी, चन्द्रदेवी तामाङ, श्यामलाल विश्वकर्मा, अम्मरबहादुर तामाङले निवेदन दिएका छन् ।

यस्तैं, चितवन क्षेत्र नं. १ को प्रदेश क्षेत्र (ख) मा रत्ननगर नगरपालिकाका निवर्तमान मेयर नारायण वनसहित एमाले चितवनका सचिव प्रकाश खनाल, प्रेमनाथ दुवाडी, गोपीप्रसाद नेपाल, यमुना कडेंल, प्रताप डल्लाकोटी, राजाराम रेग्मी, विकास डल्लाकोटी, स्वरूप सुयाँल, मुकुन्द दाहाल, पूर्णबहादुर डल्लाकोटी, केन्द्रीय सदस्य कपिलदेव पोखरेलले निवेदन दिएको एमाले प्रदेश समन्वय कमिटीले जनाएको छ ।

यस्तैं, चितवन क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्यका लागि सांसद कृष्णभक्त पोखरेल र देवी ज्ञवालीले उम्मेदवार बन्ने आकांक्षी छन् । क्षेत्र नं. २ मा आज शनिवार आकांक्षी उम्मेदवारहरूले नाम दर्ता गराउने कार्यक्रम रहेको एमाले क्षेत्रीय कमिटीले जनाएको छ ।

यस्तैं, चितवन क्षेत्र नम्वर २ (क) मा ७ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेर नाम दर्ता गराएका छन् । आवेदन दिनेहरुमा क्षेत्रिय कमिटीका संयोजक टीकाराज रिजाल, एमाले कालिका नगरकमिटी अध्यक्ष केशव लामा, कालिका नगरपालिकाका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ,बागमती प्रदेश कमिटी सदस्य प्रकाश अधिकारी र चन्द्रमणि सापकोटा, कृष्णप्रसाद सिलवाल र इच्छा पाण्डे रहेका छन् ।

यस्तैं, चितवन क्षेत्र नं. ३ बाट एमाले अध्यक्ष रामप्रसाद न्यौपाने उठ्ने चर्चा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष न्यौपाने सर्वसम्मत उम्मेदवार हुने देखिएको छ ।

चितवन क्षेत्रनम्बर ३ (क) मा एमाले प्रदेश सांसद रहेका सांसद कृष्ण भुर्तेलसहित अनेरास्ववियुका सचिवालय सदस्य प्रकाश भट्ट, जिल्ला कमिटी सदस्य रविकिरण पौडेल,केन्द्रीय सल्लाहाकार विष्णुहरी तिमिल्सिना,जिल्ला कमिटी सदस्य डोलनाथ अधिकारी, विजयकुमार विश्वकर्मा, ईश्वर थापा र मेनका रायमाझीले आवेदन दिएका छन् ।

यस्तैं, क्षेत्र नं. ३ (ख) मा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपिलया, प्रदेश कमिटी सदस्य खेम भट्ट र जिल्ला कमिटी सदस्य सुदिप रेग्मीले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । शनिवार दिउँसो १२ बजेसम्म आंकाक्षीहरुको नाम दर्ता गराउने समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?