+
+

दक्षिणकालीमा ट्रक दुर्घटना, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते ९:२२

१८ भदौ, काठमाडौं । दक्षिणकालीमा ट्रक दुर्घटना भएको छ । दक्षिणकाली नगरपालिका-८ छैमलेको शीतलचोकमा बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक शुक्रबार राति साढे ८ बजे आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सख्त घाइते भएका हुन् ।

घाइते भएका दुवै जना पुरुषको उद्धार गरि मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जनाको पहिचान नभएको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?