
१८ भदौ, दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ मा बलिभद्र रानालाई सर्वसम्मत सिफारिस गरेको छ ।
प्रदेश (क) का संयोजक भानसिङ बुढासहित बसेको बैठकले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रानालाई दाङ क्षेत्र नम्वर २ प्रदेश सभा ‘क’ को प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमालेका घोराही कमिटीका अध्यक्ष भुवन चौधरीले जानकारी दिए ।
राना निर्माण व्यवसायी हुन् । उनी निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत छन् ।
यसअघि पनि २०७४ सालको प्रदेशको चुनाबमा पनि राना एमालेबाट सिफारिसमा परेका थिए ।
दाङ निर्वाचन क्षेत्र न. २ एमालेका महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4