+
+

प्रदेशसभाको पाँच वर्ष : ६२ वटा कानुन, तीन सरकार

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ १८ गते १५:१८

१८ भदौ, विराटनगर । प्रदेश १ को पहिलो प्रदेशसभाको कार्याकाल सकिएको छ । शुक्रबार अन्तिम बैठक गरेर प्रदेशसभा सदस्यहरुले सामूहिक तस्वीर खिचाएर विदा भए ।

नयाँ संविधानअनुसार बसेको प्रदेशसभाको पहिलो बैठक २२ माघ २०७४ मा बसेको थियो । ५ यो अवधीमा प्रदेशसभाको ३१२ वटा बैठक बस्यो । तीन वटा प्रदेश सरकार बन्यो ।

३ फागुन २०७४ मा नेकपा एमालेका प्रदेशसभा सदस्य शेरधन राई मुख्यमन्त्री नियुक्त भएका थिए  । दुई तिहाई बहुमतसहित मुख्यमन्त्री नियुक्त भएका उनले तत्कालीन नेकपा विभाजनसँगै १० भदौ २०७८मा राजीनामा दिए ।

त्यही दिन एमालेकै भीम आचार्य मुख्यमन्त्री बने । तर विश्वासको मत नपाउने अवस्था आएपछि आचार्यले १५ कात्तिक २०७८ मा मुख्यमन्त्रीबाट राजीनामा दिए । १६ मंसिर २०७८ मा पाँचदलीय गठबन्धनको तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री बने ।

५ वर्षको अवधिमा प्रदेशसभाले ६२ वटा कानुन बनाएको छ । शून्यबाट सुरु भएको प्रदेशसभाले आफ्नै संरचना तयार गरेर ६२ वटा कानुन निर्माण गरेको सभामुख प्रदीपकुमार भण्डारी बताउँछन् । १० वटा अधिवेशनको शून्य समयमा प्रदेशसभा सदस्यहरुले ८ सय ८५ पटक बोलेका छन् । विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६४ पटक प्रदेशसभालाई सम्बोधन गरे ।

‘संघीयताको व्यावहारिक कार्यान्वयनको महत्वपूर्ण संरचना मानिएको हामी संस्थापक सदस्यको रुपमा स्थापित भएकोमा गर्वको अनुभूति गरेको छु,,’ शुक्रबार अन्तिम बैठकमा उनले भनेका थिए, ‘हाम्रो कार्यकालमा प्रदेशको नामांकन गर्न सकिएन, त्यसदेखि बाहेक आफ्नो कार्यक्षेत्रभित्र महत्वपूर्ण कार्यसम्पादन गरेको छ ।’

वि.स. २०७४ साल मंसिरमा निर्वाचित प्रदेशसभा सदस्यले ७ माघ  २०७४मा सपथ लिएका थिए । जिल्ला समन्वय समितिको भवनमा प्रदेशसभा स्थापना गरियो । । पहिलो अधिवेशन माघ २२ गतेबाट सुरु भएको थियो । २०७५ बैशाख २६ गतेसम्म जम्मा ३९ वटा बैठक २७ घण्टा २९ मिनेट बसेको थियो । सो अधिवेशनबाट ११ वटा कानुन निर्माण भएको थियो ।

२०७५ साल जेठ १७ गते सुरु भएको प्रदेशसभाको दोस्रो अधिवेशन २०७५  असोज २३ गतेसम्म चलेको थियो । दोस्रो अधिवेशनको ५२ वटा बैठकले १२ वटा विधेयक पारित गरेको थियो । दोस्रो अधिवेशनमा ६० घण्टा २५ मिनेट बैठक बसेको थियो ।

२०७५ साल माघ २० गते सुरु भएको तेस्रो अधिवेशन२०७६ बैशाख २३ गतेसम्म चल्यो ।  जम्मा ३० घण्टा २० मिनेट बसेको ३५ वटा बैठकले ६ वटा विधेयक पारित गरेको थियो । २०७६ साल जेठ १३ गते सुरु भएको चौथो अधिवेशन २०७६ साल असोज ८ गतेसम्म चल्यो ।  ६३ घण्टा १६ मिनेट  बसेको ५४ वटा बैठक बसेर१४वटा विधेयक पारित गरेको सभामुख भण्डारीले बताए ।

२०७६ माघ २३ गतेबाट २०७६ चैत ६ गतेसम्म चलेको पाँचौं बैठकले जम्मा एउटा विधेयक पारित गरेको थियो ।१८ घण्टा ३९ मिनेटसम्म २२ वटा बैठक बसेको थियो । २०७७ साल जेठ १४ गतेबाट सुरु भएको छैठौं अधिवेशन२०७७ सान ९ गतेसम्म चलेको थियो । यो अवधिमा ३७ वटा बैठक६४ घण्टा २३ मिनेटसम्म चलेको थियो । अधिवेशनले १० वटा  विधेयक पारित गरेको थियो ।

२०७७ माघ ७ गतेबाट सुरु सातौं अधिवेशन २०७८ बैशाख ५गतेसम्म चल्यो ।  जम्मा २ घण्टा २३ मिनेट बसेको ८ वटा बैठकले कुनै विधेयक पारित गरेन । २०७८ जेठ २४ गते सुरु आठौं अधिवेशनले ३ वटा विधेयक पारित गरेको थियो । २०७८ साउन २३ गतेसम्म २८ वटा बैठक ४० घण्टा ४७ मिनेट बसेको थियो ।

२०७८ असोज २२ गते सुरु भएको नवौं अधिवेशन चैत १३ गतेसम्म चलेको थियो । १० घण्टा २१ मिनेट बसेको १२ वटा बैठकले एउटा विधेयक पारित गरेको थियो । २०७९ जेठ १६ गते सूरु भएको १० औ अधिवेशनआजसम्म चलेको थियो । साउन २२ गतेसम्म४५ घण्टा ५० मिनेट बसेको २४ बैठकबाट ३ वटाविधेयक पारित भएको थियो । शुक्रबार अन्तिम बैठक २ घण्टा बसेको थियो । यो बैठकले एउटा विधेयक पारित गरेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?