+
+

सलमान खानको नयाँ फिल्म ‘किसीका भाइ किसीका जान’को टिजर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १२:४३

काठमाडौं । अभिनेता सलमान खानले बलिउडमा ३४ वर्ष पूरा भएको अवसरमा आफ्नो नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’को घोषणा गरेका थिए । उनले आफ्ना प्रशंसकलाई सानो झलक देखाएर धन्यवाद भनेका थिए ।

त्यसको १० दिनपछि सोमबार सलमानले यो फिल्मको आधिकारिक टाइटल लोगो जारी गर्दै टिजर समेत सार्वजनिक गरेका छन् ।

टिजरले फिल्ममा सलमानको चरित्रको परिचय दिन्छ । उनी लामो कपालमा क्रुजर मोटरसाइकलमा चढेर लद्दाख क्षेत्रको यात्रा गरिरहेका देखिन्छन् । बलिउडका भाइजान भनिने सलमानले फिल्म ‘किसीका भाइ किसीका जान’को टिजर आफ्नो ट्वीटर र इन्स्टाग्राम एकाउन्टबाट सेयर गरेका छन् ।

फरहाद साम्जीले निर्देशन गर्ने फिल्मलाई सलमान खान र साजिद नाडियाडवालाले निर्माण गर्नेछन् । फिल्ममा सलमानका साथै पूजा हेग्डे, वेंगातेश दग्गुबती र जगपति बाबुको मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?