+
+

बलिउड संकटबारे सुनिल सेट्टीको सुझाव : दर्शक के चाहन्छन् भन्ने सोचौं, न कि हामी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १३:४१

काठमाडौं । सय वर्षदेखि दर्शकलाई मनोरञ्जन गराइरहेको बलिउड फिल्म उद्योग यतिबेला निकै संकटपूर्ण अवस्थामा छ । दक्षिण भारतीय फिल्मप्रति दर्शकको बढ्दो झुकाव र त्यहाँका फिल्मको भव्यताले सबैलाई प्रभावित बनाएको छ ।

बलिउडको यो हालत यसअघि कहिल्यै नदेखिएको जानकारहरु बताउँछन् । सोसल मिडियामा बलिउडका हर फिल्मलाई लिएर भइरहेको बहिष्कार अभियान र लगातार फ्लप भइरहेका फिल्मको सूचीले अहिले सोचमग्न बनाएको छ ।

बलिउडका ठूला स्टारहरुका फिल्म पनि बक्स अफिसमा कमजोर सावित भइरहेका छन् । केही साताअघि रिलिज भएका आमिर खानको ‘लाल सिंह चड्ढा’, अक्षयकुमारको ‘रक्षाबन्धन’, रणवीर कपुरको ‘शमशेरा’ असफल फिल्मको सूचीमा चढे, जबकि यी फिल्म दर्शकका लागि प्रतीक्षित मानिएका थिए ।

पछिल्ला दिनमा बलिउडमाथि संकट कसरी पार लगाउने भन्ने विषयमा बहस भइरहेका छन् । विभिन्न माध्यमबाट बलिउडसँग सम्बन्धित व्यक्तिहरुले आफ्नो धारणा राखिरहेका छन् । यसैबीच, अभिनेता सुनिल सेट्टीले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले एक भिडियो सन्देश जारी गर्दै बलिउड फिल्म र फिल्म निर्माणका विषयमा खुलेर कुरा गरेका छन् । ‘हामीले धेरै सबै चीज गरिरहेका छौं, तर हामीले खास कुरा पहिचान गर्नै सकेका छैनौं,’ उनले भनेका छन् ।

अहिले बलिउडले दर्शकको स्वादलाई पहिचान गर्न नसकेको उनको ठम्याइ छ । ‘आज हामीलाई आइडिया नै भइरहेको छैन कि आखिर के भइरहेको छ भनेर । सायद हाम्रो फिल्मको विषयवस्तु नै पो गलत छ कि ?’ उनले भनेका छन्, ‘हाम्रो अप्रोच नै गलत छ, एकपटक दोहोर्‍याएर हेर्न जरुरी छ कि दर्शक के चाहन्छन्, न कि हामी ।’

कुनैबेला स्टार अभिनेता सुनिल सेट्टी चाँडै नै ओटीटीमा पनि डेब्यु गर्दैछन् । उनी एमएक्स प्लेयरको सिरिज ‘धारावी बैंक’मा थलाइवाको भूमिकामा देखिंदैछन् । साथै सुनिल हिट कमेडी फिल्म ‘हेरा फेरी’को तेस्रो सिक्वेलमा पनि काम गर्दैछन् । फिल्मका उनका साथमा अक्षयकुमार र परेश रावल पनि मुख्य भूमिकामा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?