+
+

केन्यासँगको खेल जित्न २५६ रनको लक्ष्य पछ्याउँदै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १६:२०

२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा जितका लागि २५६ रनको लक्ष्य पाएको छ ।

लक्ष्य पछ्याउने क्रममा अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ ।

केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?