+
+

सुरक्षागार्ड गुरुङलाई गैरकानुनी हिरासतमा राखेको भन्दै सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १७:११

२० भदौ, काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठको आदेशमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोैच्च अदालतमा निवेदन दर्ता भएको छ ।

शेरजंगकी पत्नी लक्ष्मीले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएकी हुन् ।

कुनै पनि व्यक्तिलाई गैरकानूनी थुनामा राखिएमा पिडित वा परिवारले अदालतमा रिहाका लागि निवेदन दिन पाउछन् । बन्दी प्रत्यक्षीकरणको निवेदन भनिने यस्तो मुद्दामा अदालतले तत्काल सुनुवाई गरी न्यायनिरुपण गर्ने प्रचलन छ ।

लक्ष्मीको निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । निवेदनमा लक्ष्मीले पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरवारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?