+
+

रुपन्देही-२ मा माओवादीबाट विनोद पहाडी सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते ८:४०

२१ भदौ, बुटवल । नेकपा (माओवादी केन्द्र)ले रुपन्देही क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि विनोद पहाडीलाई सिफारिस गरकेो छ ।

क्षेत्रीय कमिटीको बैठकले पहाडीलाई सर्वसम्मतरुपमा सिफारिस गर्ने निर्णय गरेको हो । पहाडी संविधान सभा सदस्य एवम् नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष र राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष हुन् ।

यस्तै त्यसैगरि प्रदेश सभातर्फ २ (क) मा पुष्पराज ढकाल, मनोज राना, हुमनाथ न्यौपाने र बेलप्रसाद गौतमलाई सिफारिस गरेको छ ।

२ (ख) मा वामदेव क्षेत्री र नारायण जिसीलाई सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटी सचिव विष्णु ढकालले जानकारी दिए ।

रुपन्देही २ मा सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले गृहमन्त्री बालकृष्ण खाँण, युवराज गिरी, चुन्नप्रसाद पौडेलसहित पाँच जना सिफारिस गरेको छ भने नेकपा एकीकृत समाजवादीले राजु गुरुङलाई एकल सिफारिस गरेको छ ।

नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सर्वसममत सिफारिस गरेको छ । यो क्षेत्रमा पौडेलले लगातार तीन वटा चुनाव जित्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?