
२२ भदौ, काठमाडौं । साविक विजेता रियल मड्रिडसहित म्यानचेष्टर सिटी र पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् ।
स्पानिस क्लब रियलले स्कटिस क्लब सेल्टिकलाई ३-० ले हरायो । रियलका लागि भिनिसिय जुनियरले ५६औं, लुका मोडरिचले ६०औं र एडेन हाजार्डले ७७औं मिनेटमा गोल गरे ।
समूह एफमा रियलले जितबाट ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा युक्रेनी क्लब साद्तर डोनेस्कले जर्मन क्लब आरबी लाइपिजगलाई ४-१ ले पराजित गरेको छ ।
यस्तै एर्लिङ हालान्डले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेष्टर सिटीले स्पानिस क्लब सेभियालाई ४-० ले हराएको छ । हालान्डले २०औं र ६७औं मिनेटमा गोल गरे भने फिल फोडेनले ५८औं र रुबेन डियाजले इन्जुरी टाइममा गोल गरे ।
समूह जी को अर्को खेलमा बोरुसिया डर्टमण्डले एफसी कोवेनहेगनलाई ३-० ले पराजित गरेको छ ।
यस्तै किलियम एमबाप्पेले दुई गोल गरेपछि पीएसजीले युभेन्ट्सलाई २-१ ले पराजित गरेको छ ।
घरेलु मैदानमा एमबाप्पेले पाँचौ र २२औं मिनेटमा गोल गरेका थिए । युभेन्ट्सका लागि वेस्टन म्याकेनीले ५३औं मिनेटमा एक गोल फर्काए । यही समूहको अर्को खेलमा बेनफिकाले मकाबी हाइफालाई २-० ले पराजित गरेको छ ।
इंग्लिस क्लब चेल्सी भने पराजित भएको छ । समूह ‘इ’ को खेलमा चेल्सी क्रोसियन क्लब डिनामो जाग्रेवसँग १-० ले पराजित भएको हो । जाग्रवेका लागि मिस्लाभ ओर्सिसले गोल गरे ।
यसै समूहको अर्को खेलमा एसी मिलान र साल्जवर्गले १-१ को बराबरी खेलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4