+
+

सुरु भयो इन्द्रजात्रा (तस्वीरसहित)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ भदौ २२ गते १०:३२

२२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रध्वजोत्थान गरी जात्रा शुभारम्भ गरिन् । सो अवसरमा उनले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन् ।

इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई निम्तो गरिसकेको भन्दै उनले अतिथिहरु बिहीबारबाट काठमाडौं आउन थाल्ने जानकारी दिइन् ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । हनुमानढोका दरबारक्षेत्रमा कालभैरवको मूर्ति अगाडि धार्मिक विधिपूर्वक उक्त लिङ्गो ठड्याएइन्छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?