+
+

केन्यामा २ वटा सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते ११:४५

२२ भदौ, काठमाडौं । केन्या विरुद्ध टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज (बुधबार) बिहान स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नेपालले केन्यासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको थियो भने तीन खेलको एकदिवसीय शृंखला क्लिन स्वीप गरेको थियो । नयाँ प्रशिक्षक मनोज प्रभाकरले पनि यही टुरबाट नेपालको प्रशिक्षकको रुपमा डेब्यु गरे ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्ले पुनरागमनमा राम्रो प्रदर्शन गरे भने नयाँ खेलाडी अर्जुन साउदले राष्ट्रिय टिममा डेब्यु गर्दै आफ्नो छाप छाडे ।

टी-२० शृंखलापछि नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमिय लिग खेल्न वेष्टइन्डिज गएपछि एकदिवसीयमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए । स्वदेश फर्किएपछि मिडियासँग कुरा गर्दै रोहितले केन्या भ्रमण समग्रमा राम्रो भएको बताए । नेपाली खेलाडीले अझै पनि ब्याटिङमा काम गरिरहेको र टिममा सुधार गर्नुपर्ने कुराहरु पनि रहेको उनले बताए ।

सिनियर टिमको कप्तानी गर्नुले जिम्मेवारी बढेको उनले बताए । ‘मेरो लागि रेस्पोन्सबिलिटी बढेको छ । यसलाई अवसरको रुपमा लिएको छु,’ रोहितले अनुभवी खेलाडी ज्ञानेन्द्र र डेब्युटान्ट अर्जनुले राम्रो खेलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?