+
+

बडिमालिका पाटनमा डोजर

प्रकाश सिंह प्रकाश सिंह
२०७९ भदौ २२ गते १८:१६

२२ भदौ, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पाटनमा डोजर लगाएर सडक खन्ने काम भइरहेको छ । डोजरले यस क्षेत्रका पाटनहरुलाई छियाँ छिया पारिरहेको छ ।

मार्तडी बडिमालिका पर्यटकीय सडक नाम दिइएको सो सडक निमार्णमा स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार बीच समन्वय छ । ‘फूलचढाउने भन्दा अगाडि सडक नलैजान भनेर स्थानीयले बिरोध गरे पनि नगरपालिकाले त्यहाँ भन्दा ४ किलोमिटर अगाडीसम्म डोजर लगाएको छ’, स्थानीय नरबहादुर रावलले भने ।

बडिमालिका नगरपालिका वडा नम्बर ८ का निर्वतमान वडा अध्यक्ष प्रकाश रावल भन्छन, ‘सोता पाटन सम्म डोजर लगाइएको छ । डोजर लगाउँदा पाटनको शौन्र्दयतामा नै असर गरेको भनेर स्थानीयले विरोध गरे तर नगरापालिकाले सुन्दै सुनेन ।’

स्थानीय वासिन्दाले अहिले विरोध गरेपनि नगरपालिकाले आफनो काम नरोक्ने बताएको छ । नगरपालिकाले टेन्डर निकालेर यो काम गरेको भएर अहिले विरोध भयो भन्दैमा काम नरोकिने बडिमालिका नगरपालिका ईन्जिनियर हिक्मत रावल बताउँछन् । बाटो खन्ने काम सोता पाटन सम्म पुर्‍याइएकोले अब त्यो भन्दा अगाडि नबढाईने इन्जिनियर रावल बताउँछन् ।

नगरपालिकाले वाताबरणीय प्रभाब मुल्याकंन गरेर सडक निर्माण गरेको दाबी गरेपनि अहिलेसम्म अध्ययनको काम नभएको पाईएको छ । पुर्वाधार कार्यलय साँफे बगरका प्रमुख रुद्ध बोगटी भन्छन, ‘वाताबरणीय प्रभाब मुल्याकंन गर्ने काम प्रक्रियामा रहेको छ ।’

उक्त सडकको नयाँ ६.६ किलोमीटर ट्रयाक खोलिएको हो, जसमा ४ किलोमिटर बढी पाटन क्षेत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?