+
+

‘झिंगेदाउ’ हेरेपछि राजेश हमालले भने- आमालाई भयंकर मिस गरें

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते ११:०७
फिल्म हलमा (बायाँदेखि) राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, अभिनेता राजेश हमाल र निर्माता छविराज ओझा ।

काठमाडौं । ‘मुनामदन’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिंगेदाउ’ले बक्स अफिसमा सुखद् ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । फिल्म हेरेकाले यसलाई ‘अर्गानिक’ भन्दै प्रशंसा गरेका छन् ।

सहर केन्द्रित मल्टिप्लेक्सले शो संख्यामा केही वृद्धि गरेका छन् । बुधबार बेलुका यसलाई वरिष्ठ निर्देशकहरु नीर शाह, तुलसी घिमिरे, अभिनेताहरु राजेश हमाल, सरोज खनाल, कृष्ण मल्ल र शिव श्रेष्ठले पनि हेरे ।

हमालले फिल्म हेरिरहँदा आफूले दिवंगत आमा रेणु हमाललाई स्मरण गरेको बताए । ‘मैले आमालाई भयंकर मिस गरें,’ उनले भने, ‘चाहे हाम्री आमा अहिले हुनुहुन्छ या हुनुहुन्न, जरुरी छैन कि आमा हामीबाट छुट्टिएर बस्नुभएको छ । आमासँगै भए पनि यसले हाम्रो कर्तव्यलाई कता-कता झक्झक्याउँछ ।’

यो फिल्म नयाँपुस्ताका दर्शकका लागि सान्दर्भिक रहेको हमालले बताए । ‘आधुनिक भागदौडमा हामीले आमाबुवाप्रतिको परम्परागत जिम्मेवारीलाई भुलिरहेका छौं,’ उनले भने ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि फिल्म हेरेपछि अघिल्लो समयको समाज बुझ्न फिल्म हेर्नु जरुरी रहेको बताए । ‘धेरै वृद्धवृद्धा किन आश्रममा जानुपरेको छ भन्ने कारण यसले देखाउँछ,’ भन्छन्, ‘जेठो पुस्ताले मात्र हैन, युवापुस्ताले पनि हेर्नुपर्छ । समाज बुझ्न पनि मद्दत पुग्छ ।’

आफ्ना छोराछोरीलाई फिल्म यो फिल्म हेर्न प्रेरित गर्ने उनले बताए ।

निर्देशक शाहले त फिल्मलाई जैविक (अर्गानिक) भएको बताए । ‘कैयौं वर्षपछि तपाईंले फिल्ममा नौलो कुरा देखेको अनुभूति गर्नुहुन्छ । धेरै समयपछि फिल्ममा आफ्नोपन महसुुस गर्नुहुन्छ,’ शाह भन्छन्, ‘सहरबाट टाढा रहेर ग्रामीण वातावरणमा रहेर मानवीय संवेदनाको गहिराइमा फिल्म बनेको छ ।’

प्रदीप भारद्धाजको पटकथा रहेको फिल्मको बिहीबारे अकुपेन्सी पनि सुखद् देखिएको छ । फिल्मले दोस्रो सातामा आफूलाई कसरी अघि बढाउँछ, यो परिस्थिति शुक्रबार रिलिज हुने बलिउड फिल्म ब्रम्हास्त्र, नेपालका ऐना झ्यालको पुतली र गोर्खा : बिनिथ द ब्रेभरीमा निर्भर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?