+
+

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १६:५७

काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै बैंकले दिने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण हुने बैंकले जनाएको छ । यसअघि माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि’ अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत ७ लाख रुपैयाँसम्म कर्जा सुरक्षण गर्दै आइरहेको छ । यस्तै वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत लगानी भएका १० लाख रुपैयाँसम्म र महिला उद्यमशीलता कर्जा अन्तर्गत लगानी भएका १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आइरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?