+
+
फ्राइडे रिलिज :

हलमा चार फिल्म : ऐना झ्यालको पुतली, गोर्खा, ब्रह्मास्त्र र सीता रामम

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते ११:१७

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ फिल्म रिलिज भएका छन् । दुई नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभ’ सार्वजनिक प्रदर्शनमा आएका छन् भने दुई भारतीय फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ रिलिज भएका छन् ।

दर्शकलाई आफ्नो रुचिअनुसार फिल्म हेर्ने सुविधा यो साता छ । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ले भाइको कथा, दिदीको सपनाको कथा, आमाको संघर्ष र बाल्यकालीन समयको कथा भन्छ । प्रिमियरको प्रतिक्रियालाई हेर्दा यो फिल्मलाई सबै उमेरका दर्शकले रुचाउन सक्छन् ।

१ घण्टा ३० मिनेट लामो फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । कञ्चन चिमरिया, दिनेश खत्री र सिरु विष्टको फिल्ममा प्रमुख भूमिका छ ।

१ घण्टा १२ मिनेट लामो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’लाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिक कुलवीर थापाको जीवनमा आधारित यो फिल्म मनोवैज्ञानिक वार ड्रामा हो ।

२ घण्टा ४५ मिनेट लामो बलिउड फिल्म ‘ब्रह्मास्त्र’मा रणवीर कपुर, आलिया भट्ट र अमिताभ बच्चनको प्रमुख भूमिका छ । आयन मुखर्जी निर्देशित फिल्मलाई एक्सन, एड्भेन्चर र फेन्टासी जनरामा राखिएको छ ।

प्रेम र स्वपहिचान खोजीको यात्रामा निस्किएको शिव नामक पात्रको कथा ब्रह्मास्त्रले भन्छ । उक्त यात्रामा आउने दैवी अवरोधले अन्ततः उसको अस्तित्वमै चुनौती सिर्जना गर्छन् ।

हनु रागभापुदी निर्देशित दक्षिण भारतीय फिल्म ‘सीता रामम’ पनि आजदेखि हलमा रिलिज भएको छ । २ घण्टा ४३ मिनेट लामो फिल्मलाई एक्सन, ड्रामा र मिस्ट्री जनरामा राखिएको छ ।

राम नामक एक टुहुरो केटो सैनिक अधिकृतसम्म बन्छ । सीता नामक केटीको पत्र प्राप्त भएपछि उसको जीवनमा ठूलै परिवर्तन आउँछ । यी दुईबीच माया पनि बस्छ । तर जब राम जम्मु कश्मीरस्थित क्याम्पमा फर्कन्छ, तब उसले पठाएको पत्र सीतासँग पुग्दैछ ।

अहिले पनि नेपाली हलमा झिंगेदाउ, प्रकाश, सम्हालिन्छ कहिले मन लगायतका फिल्म पनि प्रदर्शन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?