+
+

एलिजाबेथ पोखरा जाँदा बनाइएको थियो सेलरोटीको स्वागत द्वार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १३:३७

२४ भदौ, काठमाडौं । बेलायती महारानी एलिजाबेथ दृतियको बिहीबार निधन भएको छ। बेलायतमा ७ दशक महारानी रहेकी उनी नेपाल भ्रमणमा दुई पटक आएकी थिइन् । पहिलो पटक महेन्द्र राजा हुँदा २०१७ साल फागुन १९ गते आएकी थिइन् भने दोस्रो पटक उनी आउँदा वीरेन्द्र राजा थिए ।

२०१७ फागुन १९ गते महारानी एलिजाबेथ चितवन हुँदै पोखरा पुगेकी थिइन् । तस्वीर संकलक सुनिल उलकका अनुसार महारानीको स्वागतका लागि देशैभरबाट पूर्व गोर्खा सैनिकहरु पोखरा पुगेका थिए । पोखराका विद्यालयका छात्रछात्राहरुलाई पनि विमानस्थलमा लगिएको थियो ।

उलकले आफ्नो फेसबुक पेजमा उल्लेख गरे अनुसार पोखराको भीमसेन टोलका वासिन्दाले महारानीको स्वागतका लागि अनौंठो तरिका अपनाएका थिए । स्वागतका लागि ‘सेलरोटीको स्वागत द्वार’ बनाएको र त्यसले निकै चर्चा पाएको उनले लेखेका छन् ।

‘स्वागतद्वारहरु बजारभरि बनाइएको थियो,’ उनले लेखेका छन्, ‘भीमसेन टोलका स्थानीयहरुको सक्रियतामा बनाइएको सेलरोटीको स्वागत द्वारको चर्चा त्यो बेला निकै चलेको थियो । भीमसेन टोलमा भुत्तेको नामले प्रख्यात सिद्धिलाल चुल्याजुले सेलरोटी बनाएका थिए भने सजाउने काम सबै टोलवासी मिलेर गरेका थिए ।’

महारानीले पोखरामा सञ्चालित मिसन अस्पताल अवलोकन गर्दा बजार क्षेत्रमा पनि रौनक थपिएको थियो । मिसन अस्पतालबाट फर्कने क्रममा महारानी एलिजाबेथ जीपमा फर्किएकी थिइन् भने भने राजकुमार फिलिपले भने हिँडेर फर्कने इच्छा राखेका थिए ।

तत्कालीन युवराज वीरेन्द्रले पैदल यात्रामा फिलिपलाई साथ दिएका थिए।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?