+
+

किताब जात्राको पाँचौं संस्करण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १४:२८

काठमाडौं । नेपाल पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिंदै आएको ‘किताब जात्रा’को पाँचौं संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजनामा सुरु भएको दुईदिने किताब जात्रा महोत्सव कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबारसम्म चल्नेछ ।

किताब जात्रामा साहित्यका साथै आर्थिक, सामाजिक, कला लगायतका विषयमा समसामयिक विचार विमर्श समेत हुने महोत्तसवका संयोजक सुवास अर्यालले जानकारी दिए । महोत्सवमा विभिन्न क्षेत्रका पुस्तकहरु विशेष प्रदर्शनीमा राखिएको छ ।

अर्यालका अनुसार किताब जात्रामा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइकजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि पनि हुनेछन् । ‘लेखक र पाठकबीच अन्तरंग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिङ लगायतका विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी हुने १४ वटा सेसन रहनेछ,’ उनले भने ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको किताब जात्राको पहिलो दिन शुक्रबार पत्रकार राजेन्द्र बानियाँ र टिकाराम यात्रीले प्रश्न प्रतिप्रश्न शीर्षकमा विमर्श गर्दैछन् ।

कार्यक्रममा साहित्य, संगीत, फिल्म र कला क्षेत्रका व्यक्तिहरुको सहभागिता रहनेछ ।

यसैगरी किताब जात्रामा हरेक वर्ष दुई जना व्यक्तित्वलाई सम्मान समेत गरिंदै आएको छ, ‘प्रेम साहित्य सम्मान’ र ‘बेस्ट सेलर अवार्ड’ । १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको ‘प्रेम साहित्य सम्मान’ यस वर्ष साहित्यकार डा. धुव्रचन्द्र गौतमलाई प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?