+
+

दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, ७ जना बेपत्ता

जनक विष्ट जनक विष्ट
२०७९ भदौ २५ गते १२:०४
Photo Credit : दौलतसिंह ठगुन्नाको फेसबुकबाट ।

२५ भदौ, धनगढी । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएको जानकारी दिए ।

उनकाअनुसार महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पनि शव भेटिएको छ ।

महाकाली नगरपालिका–१ का धनसिंह कार्की, उनका छोरा दीपक कार्की र दिनेश कार्कीसहित ३ जना भने बेपत्ता छन् । उनीहरुको घर पहिरोले पुरिएको छ ।

महाकाली नगरपालिका–२ मैखोली बस्ने ६३ वर्षीया मानमती शाहु बेपत्ता छिन भने उनका श्रीमान् ६४ वर्षीय हर्कसिंह शाहुलाई घाइते अवस्थामा उद्दार गरिएको छ । पहिरोमा परेर बेपत्ता भएको अन्य तीन जनाको परिचय खुलेको छैन ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?