
अभिनेत्री सञ्चिता लुइँटेल । फाइल तस्वीर
काठमाडौं । ट्रान्सजेन्डर अर्थात् पारालैंगिक व्यक्तिको कथामा आधारित हुने फिल्म ‘गुलाबी’को छायांकन सुरु भएको छ । कास्कीको पर्यटकीय गाउँ धम्पुसबाट सुरु भएको छायांकन दशैंसम्म चल्नेछ ।
पारालैंगिक भूमिकामा नाजिर हुसेन देखिंदैछन् । उनको जोडीको रुपमा सुशील सिटौला र राजा घोष हुनेछन् भने आमाको भूमिकामा सञ्चिता लुइँटेल रहने भएकी छन् । खासगरी पारालैंगिक रोमान्समा फिल्म बन्न लागेको हो ।
धम्पुस, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मलाई फागुनमा रिलिज गर्ने लक्ष्य छ । यसअघि ‘आधापेज’ निर्देशन गरिसकेकी समुन्द्र भट्टले यो फिल्मलाई निर्देशन गर्दैछिन् ।
द स्काई ओसन इन्टरटेनमेन्ट ब्यानर र अनुपम फिल्मसँगको सहकार्यमा बन्न लागेको फिल्मको लागि नाजिरले १५ किलो तौल घटाएका थिए । फिल्मको पटकथा पनि नाजिर र निर्देशक भट्टले मिलेर लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4