+
+

सिट बाँडफाँट भोलि टुंग्याउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १३:४०

२६ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको विषय भोलि टुंगो लगाउने बताएका छन् ।

आइतबार विहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा कार्यदलले गरेको कामबारे व्रिफिङ भएको थियो । कयौं कुरा मिलेका छन्, कयौं मिलाउन बाँकी भन्ने रिपोर्टिङ भएको छ,’ एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘भोलि सबै टुंगो लगाउने निर्णय गरेका छौं ।’

नेताहरुका अनुसार नमिलेका विषयमा सहमति खोज्न कार्यदलको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?