+
+

‘झिंगेदाउ’को कमाइ उकालो लाग्यो, दोस्रो सप्ताहन्तसम्म सवा दुई करोड ग्रस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १४:०६

काठमाडौं । बलियो ‘वर्ड अफ माउथ’को कारण ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । वितरकका लागि यो कमाइ चकित पार्ने खालको कलेक्सन हो ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा फिल्मको नौ दिनको कमाइ १ करोड ७० लाख रुपैयाँ ग्रस छ । आइतबार मध्यान्हसम्मको अकुपेन्सी र सर्भर जडान नभएका हलको आँकडा हेर्दा ‘झिंगेदाउ’को कमाइ करिब २ करोड २५ लाख रुपैयाँ रहेको अनुमान छ ।

वर्ड अफ माउथको कारण फिल्मले विकडेजमा पनि राम्रो कमाइ गरिरहेको छ । दोस्रो आइतबार पनि मुख्य मल्टिप्लेक्सको अकुपेन्सी ४० देखि ६० प्रतिशत र एकल पर्दामा ३० देखि ४० प्रतिशत छ, जुन निकै उत्साहजनक हो ।

सीमित पर्दाबाट सुरु भएको ‘झिंगेदाउ’को शो संख्या दोब्बर पुगेको छ । यदि यही अनुपातमा कमाइ बढ्ने हो भने दोस्रो साताको समाप्तिसम्म फिल्मको कुल कलेक्सन ३ करोड ग्रस पार गर्ने अनुमान छ ।

डेढ करोड लगानीमा निर्माण भएको फिल्मले लगानी उठाउन साढे ३ करोड ग्रस व्यापार गर्नुपर्छ । स्टारभन्दा पनि कन्टेन्टका कारण ‘झिंगेदाउ’को कमाइ उकालो लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?