+
+
Shares

वीरगञ्जको विद्युत डिस्को लाइट जस्तो छ : मेयर राजेशमान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते ११:०२

२८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको विद्युत लाइन ‘डिस्को लाइट’ जस्तो रहेको बताएका छन् ।

छिनछिनमा बत्ती जाने गरेको तर्फ संकेत गर्दै उनले डिस्कोको लाइट जस्तो भएको बताएका हुन् ।

‘खाना पकाउने स्वच्छ विधुतीय ऊर्जाको प्रवद्धन विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले विधुतको समस्या पहिला समाधान हुनुपर्ने बताए  ।

‘एलपीजी ग्यासलाई विस्थापित गर्नु नै पर्छ, यो सकारात्मक कुरा हो’, उनले भने, ‘तर वीरगञ्जको लाइन डिस्को लाइट जस्तो छ । लाइन कट्ने समस्या समाधान नभएसम्म विधुतीय ऊर्जा प्रवर्द्धनको अर्थ रहँदैन ।’

 बच्चैदेखि नेपालमा ८३ हजार विधुत उत्पादन क्षमता रहेको सुनेको बताउँदै उनले तर अझै लाइन कट्ने समस्या यथावत रहनु दुःखद भएको बताए ।

विद्युत कटौतीको समस्या समाधान भएपछि मात्रै यसबाट लाभ लिन सकिने उनको भनाइ छ । ‘बिग्रन्छ कि भनेर थप एउटा चुलो राख्नुपर्छ । लाइन कट्ला भनेर साइडमा एउटा सिलिण्डर हुनैपर्छ’, उनले भने, ‘ विद्युत कटौतीबाट पूर्णरूपमा मुक्ति नपाएसम्म विद्युतीय ऊर्जाबाट खाना पकाउने कार्य प्रभावकारी नहुन सक्छ ।’

सरकारले २० युनिटसम्म विद्युत निःशुल्क दिने गरेकोमा महानगरपालिकाले ३० युनिटसम्म नि:शुल्क गर्ने तयारी गरेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?