+
+

कोरोना बीमाको १२ अर्ब ३२ करोडको दायित्व सरकारले स्वीकार्‍यो, १ अर्ब निकासा

१२ अर्ब भन्दा बढीको कोरोना बीमाको दायित्व स्वीकार गर्दै सरकारले १ अर्ब रुपैयाँ निकास गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १८:३०

२८ भदौ, काठमाडौं । सरकारले कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ । गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

सरकारले दावी भुक्तानी गर्ने प्रतिबद्धता जनाएर पनि डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै सरकाले कोरोना बीमाको दावी स्वीकार गरेको हो । १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।

जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी भएको छ । १२ अर्ब ३२ करोड भन्दा बढी दावी भुक्तानी बाँकी छ । साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो । जसअनुसार १२ अर्ब भन्दा बढीको कोरोना बीमाको दायित्व स्वीकार गर्दै सरकारले १ अर्ब निकास दिने निर्णय गरेको हो ।

बीमा समितिले पनि उक्त रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दावी भुक्तानी हुने जनाएको छ । भुक्तानी गर्न बाँकी दावी राष्ट्र सेवक कर्मचारीको मध्ये ४२ हजार ४०५ वटा दावीको करिब ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । पहिले सर्वसाधारणको दावी भुक्तानी गरेर मात्रै राष्ट्र सेवक कर्मचारिको भुक्तानी हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?