+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुणादीका बासिन्दासँग पौडेलले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १६:२४

२८ भदौ, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको गुणादीका बासिन्दासँग माफी मागेका छन् ।

गुणादीको पानीका बारेमा आफूले बोलेका कुरालाई सञ्चार माध्यमले व्याख्यासहित सप्रेषण गर्दा गुणादीका बासिन्दाको भावनामा ठेस पुगेको भन्दै उनले माफी मागेका हुन् ।

वक्तव्य निकालेर पौडेलले भनेका छन्, ‘मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या सहित प्रेसित हुँदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु ।’

गतसाता दमौलीमा भएको कार्यक्रममा आफूले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना सञ्चालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको तर त्ससलाई गलत व्याख्या गरिएको उनको दाबी छ ।

‘गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन्,’ पौडेलेले भने, ‘मेरो अभिव्यक्तिलाईनै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह समेत गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?