
महाअभियोग सिफारिस समितिको बैठक । फाइल तस्वीर
२९ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग एकसरो बयान लिएर सकेको समितिको बैठक आज बिहान बसेको छ । सो बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ ।
समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने निर्णय गरेको छ । आज उनीहरुलाई पत्राचार गर्ने निर्णय गरेको विष्टले जानकारी दिए ।
तर राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने समितिका एक जना सदस्य एवम् नेपाली कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिए ।
महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने छ । तर समय यकिन हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4