काठमाडौं । नेपालको अनलाइन बजार दराजले दशैं पर्वलाई लक्षित गरी दशैं धमाका अभियान घोषणा गरेको छ । यो अभियान २९ भदौदेखि सुरु भएको हो । यो अभियान गत वर्षको भन्दा ठूलो र भव्य हुने दराजको दावी छ ।
यसअभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगाडिल, निःशुल्क सिपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजार रुपैयाँसम्मको मेगा भौचर र खेल एक रुपैयाँको बम्पर उपहारका रुपमा इलेक्ट्रोनिक्स स्कुटर जित्ने मौका प्राप्त हुने कम्पनीले जनाएको छ ।
ग्राहकले डेभिड कार्डमार्फत १५ प्रतिशत (अधिकतम २ हजार) र क्रेडिट कार्डमार्फत २० प्रतिशत (२५ सय रुपैयाँ अधिकतम)सम्म छुट पाउने समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दराज दशैं धमाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुले समेत छुट दिने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4