+
+

बारका अध्यक्षले भने : बहालवाला न्यायाधीशलाई संसदीय समितिले बोलाउन मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १८:११

२९ भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीशलाई बोलाउन नमिल्ने बताएको छ ।

बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बुधबार अनलाइनखबरसँग कुरा गर्दै महाअभियोग प्रस्ताव दर्ता भएको अवस्थामा बाहेक सर्वोच्च अदालतका न्यायाधीशलाई संसदीय समितिले बोलाउन नमिल्ने बताए ।

‘महाअभियोग प्रस्ताव दर्ता भएकोमा बाहेक सर्वोच्च अदालतका न्यायाधीशलाई संसदीय समितिले बोलाउन मिल्दैन’ उनले भने, ‘उहाँहरुले नबुझी निर्णय गर्नुभएको छ ।’

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छानबिनका क्रममा सर्वोच्चका न्यायाधीशहरुलाई पनि बोलाएर छलफल गर्ने निर्णय गरेको छ । समितिको उक्त निर्णय बेठीक भन्दै बार अध्यक्ष घिमिरेले न्यायाधीशलाई साक्षीको रुपमा उपस्थित गराउन नमिल्ने बताएका हुन् ।

‘वकिल वा पूर्वन्यायाधीशलाई बोलाउन मिल्यो, तर बहालवाला न्यायाधीशलाई बोलाउन मिल्दैन’ अध्यक्ष घिमिरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?