+
+

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते ११:२८

काठमाडौं । दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ ।

दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने सपना र त्यसले निम्त्याउने सामाजिक परिणती फिल्मको कथा हो ।

दयाहाङ र विपिनसहित टिजरमा सुरक्षा पन्त र वर्षा राउत समेत फिचर्ड छन् । कात्तिक ४ गते प्रदर्शन हुने फिल्ममा रविन्द्र झाको समेत प्रमुख भूमिका छ ।

जी-ट्वान्टी वानको युट्युब च्यानलबाट टिजर सार्वजनिक भएको हो । ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?