+
+

वीर अस्पतालले अब घर बहाल कर महानगरलाई नै बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १२:४०

३० भदौ, काठमाडौं । वीर अस्पतालले चालु आर्थिक वर्षदेखि घर बहाल कर काठमाडौं महानगरपालिकामा बुझाउने बताएको छ ।

वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिए वापतको घर बहाल कर महानगरपालिकालाई तिरेको थिएन, त्यसैले महानगरले घर बहाल करका लागि अस्पताललाई ताकेता गरेको थियो ।

त्यसको जवाफ पठाउँदै वीर अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी हुनु पूर्वकै व्यवस्था अनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको भन्दै चालु आर्थिक वर्षदेखिको घर बहाल कर भने महानगरलाई बुझाउने बताएको छ ।

अस्पतालले गत आर्थिक वर्षसम्मको सबै कर आन्तरिक राजश्व कार्यालयमा बुझाइसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?