+
+

नवौं राष्ट्रिय खेलकुदको क्रिकेटमा स्वर्ण जित्न पुलिसलाई १०४ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १६:३०

३१ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण जित्न नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबबाट १०४ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ८ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर १०३ रन बनायो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले १४ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ४० रन बनाए । रोहित पौडेलले १० बलमा ४ छक्का मद्दतमा २८ रन बनाए । कुशल मल्लले १३ र भीम सार्कीले ११ रन बनाए ।

पुलिसका गुलशन झा र ललित राजवंशीले २-२ तथा रासिद खान र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?