+
+

चुनावको मुखैमा सुदूरपश्चिम प्रदेशमा २ राज्यमन्त्री नियुक्त

जनक विष्ट जनक विष्ट
२०७९ भदौ ३१ गते १९:१७

३१ भदौ, धनगढी । चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने दिन नजिकिँदै गए पनि त्यसलाई बेवास्ता गरेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला रणबहादुर रावलले जानकारी दिए ।

उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।

यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्बर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोढारीलाई पठाएको हो ।

यस्तै नेकपा एमालेमा प्रवेश गरेपछि बर्खास्तमा परेका कुलवीर चौधरीको ठाउँमा समाजवादीले बुढाथोकीलाई राज्यमन्त्री बनाएको हो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?