+
+

डा. रुइत र ज्ञवाली सम्मानित

रासस रासस
२०७९ असोज १ गते २०:४०

१ असोज, काठमाडौँ । नागरिक समूहले तिलगङ्गा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइत र प्रेरक वक्ता सुधन ज्ञवालीलाई अभिनन्दन तथा सम्मान गरेको छ ।

समूहले यहाँ शनिबार आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक अन्तर्क्रिया तथा अभिनन्दन कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई अभिनन्दन गरे ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा रूइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका थिए । विश्वविख्यात सरल र कम लागतको मोतियाविन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुआतकर्ताका रूपमा परिचित डा रुइतले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनमा कार्यरत ज्ञवालीले यसअघि लामो समय रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सञ्चार माध्यममा काम गरिसकेका छन् । पछिल्लो चरणमा प्रेरक वक्ताका रुपमा ज्ञवालीले सकारात्मक सोचसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?