
२ असोज, काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) को फुटबल एकेडेमी एनआरटी-ल्याब युथ फुटबल एकेडेमीको औपचारिक उद्घाटन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङले आइतबार कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा आयोजित एक कार्यक्रममा एकेडेमीको उद्घाटन गरेका हुन् ।
उद्घाटनका अवसरमा एन्फा अध्यक्ष नेम्वाङले एकेडेमीका खेलाडीहरुलाई भेट गरेका थिए ।
एनआरटीले पनि फुटबल एकेडेमी सञ्चालन गर्न एन्फा र ल्याब्रोटरी स्कुलसँग गत वर्षक साउनमा तीनवर्षे सम्झौता गरेको थियो ।
सम्झौताअनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका ७-७ गरि कूल १४ खेलाडी हुनेछन् । खेलाडीहरुले स्कुलमा पढाईका साथै क्लबसँग अभ्यास गर्नेछन् ।
एकेडेमी सञ्चालन भएको दोस्रो वर्षदेखि एकेडेमीमा कूल २१ खेलाडी हुनेछन् जसमा क्लबबाट १४ खेलाडी रहनेछन् । एएफसीले क्लब लाइसेन्स अनिवार्य गरेपछि ए डिभिजन लिग खेल्ने क्लबले विभिन्न स्कुलसँग सहकार्य गर्दै एकेडेमी खोलेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4