+
+

हात्तीसार क्षेत्रमा टुकुचा खोज्दै महानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १३:१३

२ असोज, काठमाडौं । काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला उत्खनन सुरु भएको छ ।

महानगरपालिकाको डोजर सहितको टोली केहीबेर अघि हात्तीसार पुगेको थियो । उक्त क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने भेटिएको छैन ।

टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ ।

बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउण्डमा पनि महानगरले उत्खनन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?