+
+

सामसङको गज्जबको माउस : ड्युटी सकिएपछि कामै गर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १७:५३

काठमाडौं । धेरै काम गरेर थाकिन्छ भने चिन्ता नगर्नुहोस् किनकि सामसङ कम्पनीले एउटा अनौठो कम्प्युटर माउस तयार गरेको छ । उक्त माउस हेर्दा त आम माउस जस्तै देखिन्छ तर कम्पनीले यसमा एउटा विशेष फिचर थप गरेको छ ।

कम्पनीका अनुसार कर्मचारी तथा कामदारले तय समयभन्दा बढि समयसम्म काम गर्नुपर्ने समस्या समाधान गर्नका लागि यो माउस डिजाइन गरिएको हो । यो माउसले निश्चित समयसम्म काम गरेपश्चात् आफै चल्न छाड्दछ र आफ्नो पांग्राको मद्दतले टाढा भाग्दछ ।

सामसङ ब्यालेन्स माउस : एक विशेष अवधारणा

सामसङले उक्त ब्यालेन्स माउसको भिडियो आफ्नो कोरियाली युट्युब च्यानलमा जारी गरेको छ । यसलाई अहिले केवल अवधारणाको रुपमा मात्र पेश गरिएको छ अर्थात् बजारमा अहिल्यै उपलब्ध छैन ।

वास्तवमा यो माउस कोरियामा कामकाजी जिवनलाई सन्तुलन गर्ने उद्देश्यका साथ तयार गरिएको हो । सामसङले एक विज्ञापन एजेन्सीसँग मिलेर उक्त माउसको अवधारणा तयार गरेको हो ।

सामसङले आफ्नो उक्त भिडियोमा भनेको छ कि धेरैजसो कामकाजी मानिसहरु तय अवधिभन्दा धेरै समयसम्म कार्यालयमा काम गर्दछन् किनकि उनीहरुलाई कार्यालयबाट निस्किनु अगाडि आफ्नो काम सक्ने दबाब हुन्छ । जसका कारण उनीहरुले अधिक काम गर्न सुरु गर्दछन् । सोही समस्याको समाधान गर्नका लागि सामसुंगले उक्त अवधारणा माउस तयार गरेको हो जसले अधिक कामको समस्या कम हुन सकोस् ।

कसरी काम गर्दछ ?

यो माउस बजारमा उपलब्ध आम माउसहरु जस्तै हुन्छ तर कम्पनीले यसमा एक फिचर थप गरेको छ । जसबाट कामकाजी मानिसहरुले धेरै काम गर्नुपर्ने बाध्यतामा रोक लगाउन सक्दछ ।

यदि कुनै कर्मचारीले अतिरिक्त समय काम गरिरहेका छन् भने यो माउसको फिचर सक्रिय हुन्छ । यो माउसले प्रयोगकर्ताको हातको क्रियाकलापबाटै पत्ता लगाउँदछ र मौका मिल्ने बित्तिकै पांग्राको सहयोगमा टाढा भाग्दछ ।

यदि कसैले पुनः यो माउसलाई समाएर काम गर्ने प्रयास गरेमा यसको मुख्य भाग बाहिर आउँदछ र यसले काम गर्न बन्द गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?