+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

रामचन्द्रका लागि तनहुँ १ छाड्ने श्रेष्ठको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १८:१५

३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छोड्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ समाजवादीको तेस्रो राष्ट्रिय भेलामा श्रेष्ठले गठबन्धनमा भागबन्डा मिलाउन तनहुँ १ छाड्नु परेको बताए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठले तनहुँ १ मा पौडेललाई पराजित गरेका थिए ।

अहिले पनि तनहुँ–१ का जनताले आफूलाई खोजेको भए पनि गठबन्धन नभत्कियोस् भनेर छाड्न तयार भएको उनले बताए ।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘म तनहुँ १ नम्बर क्षेत्रको निर्वाचित माननीय । तर अहिले गठबन्धन र मेरो पार्टीका कारण जसलाई मैले २०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाडनुपर्ने भयो ।’

अब बारा ४ नम्बर क्षेत्रमा चुनाव लड्न विषयमा गठबन्धनका नेताहरुसँग छलफल भइरहेको उनले बताए । देशको जुनसुकै निर्वाचन क्षेत्रमा टिकट दिए पनि निर्वाचन जित्ने आँट रहेको भन्दै उनले भने, ‘नेताहरुलाई अप्ठ्यारो नपार्ने गरी तपाईहरुले उपयुक्त ठाउँमा मलाई खटाउनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?