+
+

महराले किन रोजे समानुपातिक ?

अन्तिम-अन्तिम होला, त्यसैले समानुपातिकमा बसेँ : महरा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १८:१९

३ असोज, काठमाडौं । अहिलेसम्म प्रतिस्पर्धा गरेकामध्ये कुनै चुनाव नहार्ने थोरै नेतामध्येमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि पर्छन् ।

माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भए ।

महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट उनी निर्वाचित भएका थिए । यसपटक भने उनी माओवादी केन्द्रको समानुपातिक पद्धतितर्फको उम्मेदवारको सूचीमा परेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनी आफैंले समानुपातिक पद्धति रोजे । अनलाइनखबरसँगको कुराकानीमा उनले आफूले हुर्काएका नेतालाई अवसर दिन समानुपातिकमा बसेको बताए ।

महरासँगको गरिएको संक्षिप्त कुराकानी :

यसपालि तपाईं समानुपातिकमा बस्नुभएको हो ?

हो । मैले आफूले पनि इच्छा जाहेर गरेको हो । म चार पटक प्रत्यक्ष चुनाव लडेँ र जितेँ । अब अन्तिम–अन्तिम होला, समानुपातिकमा हाल्नुहोस् भनेको हुँ ।

यसअघि चुनाव जितिरहेको मान्छे किन समानुपातिकमा बस्नु भयो त ?

मलाई रोल्पा र दाङको निर्वाचन क्षेत्रबाट पार्टीले सिफारिस गरेको थियो । त्यहाँ आफैंले हुर्काएका, बढाएका साथी छन् । तिनीहरुलाई छेक्नु भन्दा प्रोत्साहन गर्नु उपयुक्त हुने ठानेँ ।

अब दाङ–२ मा माओवादी केन्द्रबाट को चुनाव लड्छ ?

रेखा शर्मा, निर्मल आचार्य हुनुहुन्छ । उहाँहरुले सल्लाह गर्नुहोला ।

अब पार्टी राजनीतिमा सक्रिय रहनुहुन्छ कि रहनुहुन्न ? 

स्वास्थ्यले साथ दिएसम्म पार्टीको गतिविधिमा सक्रिय हुन्छु । अब सबैको क्षेत्रमा चुनाव प्रचार प्रसार गर्न जान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?