+
+

टुकुचामाथिको अधिकांश संरचना महानगरले हटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते २०:५०

३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको क्षेत्रमा बनेका अधिकांस संरचना हटाएको छ । जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मका धेरैजसो संरचना हटाएको महानगरका मेयर बालेन्द्र साह (बालेन) को सचिवालयले जनाएको छ ।

बालेनको सचिवालय सदस्य सुनिल लम्सालका अनुसार टुकुचा खोला छोपिएको अन्तिम विन्दु फेला पार्न काठमाडौं प्लाजास्थित ३५ फिट गहिरो खाल्डो खन्नुपरेको थियो । महानगरले टुकुचा खोलामाथि बनेको ९ वटा साना पक्की घरहरुको बीचबाट नै टुकुचा उत्खनन गरेको छ । यस्तै ७ वटा साना टहराहरु भत्काएको लम्सालले बताए ।

‘आज हामीले छोपिएको टुकुचाको अधिकांश स्थानमा उत्खनन गरेका छौं । अब बढीमा ७० देखि १ सय मिटर क्षेत्रको बाँकी होला । यसमा पनि हामीले अदालतले अन्तरकालीन आदेश दिएको ३ वटा घर छोएका छैनौं । छोपिएको भागको अन्तिम विन्दुमा उत्खनन गर्न केही गाह्रो भएकोले आज भ्याएनौं, भोलि हटाउँछौं’, लम्सालले भने ।

नाला निकाल्न ठेक्का लगाइने

काठमाडौं महानगरपालिकाले टुकुचा छोपेको इँटाले बनेको नाला निकाल्न ठेक्का लगाउने तयारी गरेको छ । महानगरपालिकाले आइतबारसम्म छोपिएका करिब ५०० मिटरमध्ये ४ सय मिटर खाली गरिसकेको छ ।

टुकुचा छोपिएको स्थानका संरचना हटाए पनि पानी बगाउन प्रयोग भएको नाला भने महानगरले ५ स्थानबाहेक अन्यन्त्र चलाएको छैन । मेयर बालेनको सचिवालयका अनुसार मजबुत इँटाले बनेको नाला निकाल्न ठेक्का लगाउने तयारी भएको हो ।

‘इँटालाई सुरक्षित तरिकाले निकाल्नको लागि ठेक्का लगाउने महानगरको योजना रहेको छ । अब भोलिसम्म ३ वटा ठूला भवनबाहेक अन्य सबै स्थानको संरचना हटाउँछौं तर ईँट्टाको ढ्वाङ हटाउन महानगरले ठेक्का लगाउन सक्छ’ उनले भने ।

टुकुचामाथि बनेका संरचना हटाउन महानगरले ५८१ वटा कित्ता खाली गर्नुपर्ने जनाएको छ । महानगरका अनुसार तीमध्ये कित्ता नम्बर ३०३८, ३०३९ र कित्ता नम्बर ७ मा रहेको संरचनाबाहेक अन्य खाली गर्नेछ ।

‘यो ३ वटा कित्तामा बनेको संरचनाहरु पूर्णरुपमा हटाउनुपर्ने छ । टुकुचाको ठ्याक्कै माथि पर्ने रहेछ । अदालतले पनि आदेश दिएको भन्ने सुनेका छौं, तर आधिकारिक जानकारी छैन । तर तत्काल हामी भत्काउदैनौं । यो विषयमा थप छलफल गरेर मात्रै अगाडि बढ्छौं’, मेयर बालेनको सचिवालयले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?