+
+

७३ थान हजारको नक्कली नोटसहित भोगान्द पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १७:३३

४ असोज, काठमाडौं । ७३थान हजारको नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसमा सवार उनले ज्याकेटको खल्तीमा लुकाएर ल्याएको अवस्थमा नोट बरामद भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?