+
+

रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनका ४ क्षेत्रमा जनमत संग्रहको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते ७:२५

५ असोज, काठमाडौं । रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमतसंग्रह हुने भएको छ ।

रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो । सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने बीबीसीले जनाएको छ । लुहान्स्कमा आउँदो शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । युक्रेनी नागरिकहरुले रुसमा गाभिने कि नगाभिने भनेर आफ्नो मत व्यक्त गर्नेछन् ।

युक्रेनमा आक्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रलाई स्वतन्त्र घोषणा गरेका थिए ।

रुसले जनमत संग्रह गर्न लागेपछि पश्चिमा देशहरुले विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?