
५ असोज, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ महिला च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्मालाई नयाँ घर बनाइदिन निर्देशन दिएकी छन् ।
सोमबार सम्पन्न छैटौं संस्करणको साफ च्याम्पियनसिपमा उपाधि सहित उत्कृष्ट गोलकिपरको अवार्ड समेत जितेकी रुपना रंगमाटी नानियारचरकी हुन् ।
बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका थिए ।
रुपनाको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेकी प्रधानमन्त्री शेख हसिनाको ध्यान आकर्षण भयो र हसिनाले उतैबाट रुकमाको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी हुन ।
हसिनाका प्रेस सचिव एहसानुल करीमका अनुसार उनले रुपनाको परिवारको निमित्त घर बनाउन अमेरिकाबाट निर्देशन दिएको बताए ।
डीसी मिजानुर रहमानले उपजिला निर्वाही अफिसर (युएनओ) लाई सो निर्देशन पठाइसकेको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
डिसीले गोलकिपर रुपना र अर्की खेलाडी रितु पोर्नाको परिवारलाई आर्थिक सहायत स्वरुप डेढ लाख टाकाको चेक समेत हस्तानरण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4