+
+

डीएभीलाई अन्तर स्कुल इन्डोर क्रिकेटको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १९:०१

५ असोज, काठमाडौं । चौथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ ।

ललितपुरस्थित भनिमन्डलमा सम्पन्न प्रतियोगिताको फाइनलमा डीएभीले मोडर्न इन्डियन स्कुललाई ५ विकेटले हरायो ।

पहिले ब्याटिङ्ग गर्दै मोडर्न इन्डियनले दिएको १०६ रनको लक्ष्य डीएभीले २ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो ।

डीएभीको जितमा आयुष झाले अविजित रहँदै ४२ रन बनाए भने आदर्श अग्रवालले २५ रन योगदान दिए ।

मोर्डन इन्डियनको ब्याटिङ्गमा मृत्युञ्जय पलले ४९ रन योगदान दिएता पनि जितको लागि पर्याप्त हुन सकेन ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोडर्न इन्डियन स्कुलका आयुष जैसवाल घोषित भए।

उत्कृष्ट ब्याट्सम्यान इन्डियन स्कुलकै मृत्युञ्जय पल तथा उत्कृष्ट बलर डीएभीका आयुष जैसवाल घोषित भए ।

प्रतियोगितामा डीएभी र मोडर्न इन्डियनसँगै बर्नहार्ट कलेज र ब्लु बर्ड स्कुल सहभागी थिए ।

सहभागी ४ वटै टिमले एक अर्का बिरुद्ध लिग चरणमा एक/एक खेल खेलेपछि उत्कृस्ट दुई टिम फाइनल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?