+
+

रुबिना क्षेत्रीको कप्तानीमा पुलिसले बनायो महिला क्रिकेट टिम

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १५:३८
रुबिना क्षेत्री ।

६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा विभागीय टिम नेपाल पुलिसले पहिलो पटक महिला क्रिकेट टिम बनाएको छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी गराउने गरी पुलिसले महिला टिम निर्माण गरेको प्रशिक्षक मनोज कटुवालले जानकारी दिए ।

पुलिसले जागिर खान योग्य रहेका २३ वर्ष कमका खेलाडीलाई जागिरकै रुपमा र २३ वर्ष माथिका खेलाडीलाई करारमा अनुबन्ध गर्ने प्रशिक्षक कटुवालले बताए । पुलिसको टिममा हालसम्म १३ जना खेलाडी अनुबन्ध भएका छन् ।

जसमा कप्तान रुबिना क्षेत्री, विकटकिपर ब्याटर काजल श्रेष्ठ, अप्सरी वेगम, सबनम राई, संगिता राई, हिरन्मई राय, कविता जोशी, रेवती धामी, ईश्वरी विष्ट, लक्ष्मी साउद, कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय छन् ।

यससँगै पुलिसले थप तीन खेलाडी अस्मिना कर्मचार्य, बिन्दु रावल र डली भट्टलाई पनि अर्को वर्षबाट टिममा समेट्ने प्रशिक्षक कटुवालले बताएका हुन् । उनले भने, ‘अस्मिना, बिन्दु र डलीलाई पनि हामीले यस वर्ष नै अनुबन्ध गर्ने भनेका थियौं, यस वर्ष उहाँहरुले प्रदेशबाट नै खेल्ने भनेपछि अर्को वर्षसम्मलाई कुरा लम्बिएको हो ।’

२ वर्ष अघिबाट नै महिला क्रिकेट टिम बनाउने प्रक्रिया चलिरहेको भए पनि यस पटकबाट टिम घोषणा हुन लागेको प्रशिक्षक कटुवालले बताए । ‘महिला क्रिकेट खेलाडीलाई खेलमा लाग्न प्रोत्साहन गर्न हामीले टिम बनाउने प्रक्रिया अन्तर्गत नै यस पटक भने समूह बनाउन सफल भएका हौं’, उनले भने ।

यससँगै नेपाल पुलिसको महिला टिम, महिला क्रिकेटमा दोस्रो विभागीय टिम बनेको छ । यसअघि नै एपीएफले एक दशक अघिबाट नै महिला टिम बनाई प्रतियोगितामा सहभागी गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?