+
+

टिप्समा दिएको रकम रेष्टुरेन्टसँग फिर्ता मागेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १६:२४

काठमाडौं । रेष्टुरेन्टमा गएको बेला वेटर वेट्रेसलाई धेरथोर इनाम अर्थात् टिप्स दिनुभएकै छ होला । सेवाबाट खुसी भएर त्यसरी दिएको इनाम यदि कसैले फिर्ता माग्यो भने के होला ? अमेरिकामा यस्तै एउटा घटना भएको छ ।

द मिररमा प्रकाशित एक समाचार अनुसार अमेरिकाको पेन्सिल्भेनियामा यो घटना भएको हो । त्यहाँ अल्फ्रेडो क्याफे नामक एउटा रेष्टुरेन्ट छ । त्यसमा मेरियाना ल्याम्बर्ट नामकी एक महिला वेटर काम गर्छिन् । एकजना ग्राहकले रेष्टुरेन्टमा करीब १६ सय नेपाली रुपैयाँ बराबरको खानेकुरा खाए र बिल भुक्तान गर्ने बेलामा ती महिला वेटर मेरियानालाई ३ लाख भन्दा धेरै टिप्स दिएर गए ।

एरिक स्मिथ नामका ती ग्राहकले टिप्स्स फर जिसस नामक अभियानबाट प्रेरित भएर त्यतिधेरै टिप्स दिएका रहेछन् । मनग्गे रकम टिप्समा पाएर वेट्रेस मेरियाना पनि तिनछक परिन् ।

तर ती ग्राहकको मन ३ महिनापछि अहिले बदलिएको छ । उनले आफुले इनाममा दिएको उक्त रकम फिर्ता मागेका छन् । उनले रेष्टुरेन्टमा एक पत्र पठाएर टिप्समा दिएको रकम फिर्ता मागेका हुन् ।

उनले क्रेडिट कार्डको शुल्क सम्बन्धी बैंकको नियमको हवाला दिँदै रकम फिर्ता माग गरेका हुन् । रेष्टुरेन्टले उनीसँग छलफल गरेर दिइसकेको टिप्स फिर्ता नहुने बताएको छ, तर उनले रकम फिर्ता लिएरै छाड्ने अडान लिएका छन् ।

ग्राहकले टिप्सको रकम फिर्ता लिने अडान राखेपछि रेष्टुरेन्टले अदालतको ढोका ढक्ढकाएको छ । यस विषयमा बोल्दै रेष्टुरेन्टका म्यानेजर ज्याकरी ज्याकबसनले ती ग्राहक निकै निरास देखिएको बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?